अर्थ

क्यापिटल मलमा डामिलानो इटालीको सेल अफर

काठमाडौं– आरपी ग्रुपद्वारा दरबारमार्गको क्यापिटल मलमा डामिलानो इटालिया र रोसो ब्रुनेलोले आफ्नो सोरुममा ग्रिष्मकालीन सिजन सेल अफर ल्याएको छ । यस योजना अन्तर्गत कम्पनीका विभिन्न उत्पादनमा ५० प्रतिशतसम्म छुटको व्यवस्था रहेको कम्पनीले जनाएको छ।

विगतमा जस्तै यसपटक पनि ग्राहकको आवश्यकतालाई ध्यानमा राखी सेल अफर ल्याएको व्यवस्थापक प्रकाश पौडेलले बताएको जारी विज्ञप्तिमा उल्लेख छ ।सोरुम सञ्चालनमा आएदेखिनै डामिलानो इटाली र रोसो ब्रुनेलो युवा पुस्तामाझ लोकप्रिय रहेको जनाएको छ । यस ब्रान्डका उत्पादनहरु जुत्ता, लेडिज ब्याग, ट्रली, कम्प्युटर ब्याग, सिलिङ ब्याग, छालाको बेल्ट, जेन्स पर्स लगाएका सामान युवा पुस्तामाझ लोकप्रिय बन्दै गएको विज्ञप्तिमा छ ।

प्रकाशित: १८ असार २०७५ ०१:२८ सोमबार

क्यापिटल मलमा डामिलानो इटालीको सेल अफर