अर्थ

आइएमई पे र टुटलबीच सम्झौता

काठमाडौं – टुटलका सेवाग्राहीले प्रयोग गरेको यात्राको सेवा शुल्क ‘आइएमई पे’मार्फत भुक्तान गर्न सक्ने व्यवस्था मिलाइएको छ । टुटल सेवा लिएका यात्रु एवं चालकले कुनै पनि आइएमईका व्यावसायिक साझेदार वा ‘आइएमई पे’बाट सेवा शुल्क संकलन तथा भुक्तान गर्न सक्ने कम्पनीले जनाएको छ।

सम्झौतापत्रमा ‘आइएमई पे’का तर्फबाट प्रमुख सञ्चालन अधिकृत डेनियल डी श्रेष्ठ र टुटलका तर्फबाट संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत शिक्षित भट्टले हस्ताक्षर  गरेको जनाइएको छ।

प्रकाशित: १७ असार २०७५ ०४:५९ आइतबार

आइएमई पे टुटलबीच सम्झौता