अर्थ

ब्राभोज एलइडी टिभी

काठमाडौं– विश्वकप २०१८ लाई लक्ष्य गरी मुरारका ग्रुप अन्तर्गत पिके ट्रेडर्सले विभिन्न मोडेलका ब्राभोज एलइडी टिभी सेट भित्र्याएको छ ।

कम्पनीले स्मार्ट र नन्स्मार्ट गरी दुई श्रेणीमा ती टेलिभिजन उपलब्ध गराएको जनाएको छ । जसमा स्मार्ट एन्ड्रोइड सिस्टम समेत प्रयोग गरिएको छ ।ब्राभोज एलईडी टिभी सेटमा वाइफाई, १०८० पिक्सेल फुल एचडी, कोरटेक्स ए सेभेन डुअल कोर प्रोसेसर जस्ता विशेषता रहेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: १५ असार २०७५ ०१:०५ शुक्रबार

ब्राभोज एलइडी टिभी