अर्थ

नयाँ बानेश्वरमा महालक्ष्मी विकास बैंक

काठमाडौं– महालक्ष्मी विकास बैंकले काठमाडौंको नयाँ बानेश्वरमा शाखा खोलेको छ । सोमबार ७२औं शाखा नयाँ बानेश्वरमा खोलेको बैंकले जनाएको छ।

बैंकको चुक्ता पुँजी दुई अर्ब ६३ करोड रुपैयाँ छ । बैंकले चैत मसान्तसम्म २५ अर्ब ११ करोड निक्षेप संकलन गरी २१ अर्ब ६४ करोड कर्जा प्रवाह गरेको बैंकको विज्ञप्तिमा उल्लेख छ । बैंकले हाल ७२ वटा शाखा तथा ३५ वटा एटिएमबाट सेवा प्रवाह गरिरहेको छ ।

 

प्रकाशित: १२ असार २०७५ ००:५४ मंगलबार

बानेश्वरमा महालक्ष्मी विकास बैंक