अर्थ

पोखरा फाइनान्सका अध्यक्ष गुरुङद्वारा शपथ ग्रहण

काठमाडौं– पोखरा फाइनान्स लिमिटेडको नवनिर्वाचित अध्यक्ष भुवनसिं गुरुङले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

नेपाल राष्ट्र बैंक पोखराका कामु निर्देशक अमर अधिकारीसमक्ष गुरुङले बिहीबार शपथ ग्रहण गरेका हुन्।वित्तीय संस्थाको २१ औं वार्षिक साधारण सभाले संस्थापक समूहबाट सञ्चालक समितिमा  भुवनसिं गुरुङ, दीर्घमान गुरुङ, शोभा गुरुङ र रेसमलाल पौडेललाई निर्विरोध निर्वाचित गरेको कम्पनीले जनाएको छ।

संस्थाको तनहुँ, लमजुङ, रुपन्देही, काठमाडौं, स्याङ्जा एवं कास्की लगायत स्थानमा १३ वटा शाखा कार्यालय सञ्चालनमा रहेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
 

प्रकाशित: ८ असार २०७५ ००:४३ शुक्रबार

पोखरा फाइनान्सका अध्यक्ष गुरुङद्वारा शपथ ग्रहण