अर्थ

कर्मचारीको परिवारलाई महालक्ष्मीको सहयोग

काठमाडौं– महालक्ष्मी विकास बैंक लिमिटेडले दुर्घटनामा ज्यान गुमाएका कर्मचारीको परिवारलाई सात लाख रुपैयाँ आर्थिक सहयोग गरेको गरेको छ।

बैंकको तुलसीपुर शाखामा कार्यरत किशोरकुमार बडुको गत चैत ११ गते मोटरसाइकल दुर्घटनामा ज्यान गएको थियो ।
बैंकले बडुको परिवारलाई सात लाख रुपैयाँ सहयोग गरेको हो । यसबाहेक बैंक सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायले व्यक्तिगत रुपमा २५ हजार रुपैयाँ सहयोग गरेको बैंकले जनाएको छ ।दुवै रकमको चेक स्वर्गीय बडुका बाबु जनकबहादुर बडुलाई बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले हस्तान्तरण गरेको बैंकले एक विज्ञप्तिमार्फत जानकारी गराएको छ ।
 

प्रकाशित: ४ असार २०७५ ०१:२४ सोमबार

कर्मचारीको परिवारलाई महालक्ष्मीको