अर्थ

सुजुकीको तेस्रो संस्करणको स्विफ्ट

काठमाडौं– सुजुकीका चारपांग्रे सवारी साधनको नेपालका लागि आधिकारिक बिक्रेता तथा सिजी होल्डिङको अटोमोटिभ विभाग सिजी मोटोकर्पले स्विफ्टको तेस्रो संस्करणको मोडल बजारमा ल्याएको छ।

सिजी होल्डिङसका प्रबन्ध निर्देशक अरुण चौधरी र राष्ट्रिय क्रिकेट खेलाडी शक्ति गौचनले यस मोडलको अनावरण गरेको कम्पनीले जनाएको छ ।नयाँ स्विफ्ट सिंगल एपर्चर फ्रन्ट ग्रिल, एलइडी प्रोजेक्टर हेडल्याम्प, कट टु–टोन अलोय ह्विल तथा अर्बन स्याटिन क्रोमयुक्त इन्टेरियर सहित एक उत्कृष्ट डिजाइन रहेको कम्पनीको दाबी छ।

सुजुकीको अभिनव पाँचौं संस्करण हर्टेक्ट प्ल्याटफर्ममा निर्मित नयाँ स्विफ्टको पावर र तौलको उत्कृष्ट अनुपातसहित सुधार गरिएको एक्सलरेसन पर्फोमेन्स सहित बजारमा ल्याइएको कम्पनीले जनाएको छ ।यस मोडलले पेट्रोलमा २२ किलोमिटर प्रतिलिटर माइलेज दिने कम्पनीले जनाएको छ । २८ प्रतिशत धेरै लगेज स्पेसको सुविधा प्रदान गर्ने यस सवारीको ४० मिमी धेरै चौडा र २० मिमी लामो ह्विल बेस छ । कम्पनीले यसको प्रारम्भिक अफर सहितको मूल्य २८ लाख ९९ हजार रुपैयाँ तोकेको छ ।
 

 

प्रकाशित: ४ असार २०७५ ०१:१५ सोमबार

सुजुकीको तेस्रो संस्करणको स्विफ्ट