इटहरी – सन्राइज बैंक लिमिटेडको इटहरी शाखाले ग्राहकको स्वास्थ्य तथा दुर्घटना बिमा र अन्य इलेक्ट्रोनिक बैंकिङ सुविधाबारे जानकारी गराउन छलफल कार्यक्रम गरेको छ।
बैंकका बचतकर्ताले अस्पताल भर्ना भई स्वास्थ्य उपचार गराउँदा लाग्ने खर्च एक लाख रुपैयाँभन्दा बढी नहुने गरी बचत खातामा रहने वार्षिक औसत मौज्दातको २५ प्रतिशत वा बिल रकममध्ये जुन कम हुन्छ सो बराबर दाबी गर्न पाउने कार्यक्रममा जानकारी गराइएको हो।
ग्राहकले खाता खोलेको पहिलो दिनबाटै स्वास्थ्य उपचार बिमा सुविधा उपयोग गर्न पाउने बैंकले जानकारी गराएको छ । साथै बचत खाताका ग्राहकले दुर्घटना र स्वास्थ्य बिमा सुविधा पाउने बैंकको भनाइ छ । स्वास्थ्य बिमाका लागी शिखर इन्सुरेन्स कम्पनीसँग सम्झौता भएको छलफल कार्यक्रममा जानकारी गराइएको छ।
कार्यक्रममा इटहरी शाखा प्रबन्धक यादव खतिवडा र सम्बन्ध प्रबन्धक शम्भुप्रसाद पराजुलीले स्वास्थ्य तथा दुर्घटना बिमा र इलेक्ट्रोनिक बैकिङ सेवाबारे तथा रंगलाल पहाडीले लघु व्यवसाय र कृषि कर्जाबारे जानकारी गराएको बैंकको विज्ञप्तिमा उल्लेख छ । कार्यक्रममा उद्योगी, व्यवसायी, शिक्षक, विद्यार्थी, विभिन्न संघ–संस्थाका प्रतिनिधि, पत्रकार, ग्राहक लगायत स्थानय गरी सयभन्दा बढीको सहभागिता थियो।
प्रकाशित: ३ असार २०७५ ०४:२९ आइतबार