अर्थ

ऊर्जामा बैंकको लगानी बढाउन माग

काठमाडौं – स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इपान) ले बैंक तथा वित्तीय संस्थाले ऊर्जा क्षेत्रमा गर्ने लगानीलाई १५ प्रतिशत पुर्याउन माग गरेका छन् । नेपाल राष्ट्र बैंकले ल्याउन लागेको आर्थिक वर्ष ०७५÷७६ को मौद्रिक नीतिमा उक्त व्यवस्था गर्न उसले माग गरेको हो।

बैंक तथा वित्तीय संस्थाले ऊर्जा क्षेत्रमा पाँच प्रतिशत लगानी गर्न भनेकोमा जम्मा ३.३ प्रतिशत मात्रै लगानी भएको छ । बिहीबारको पत्रकार सम्मेलनमा इपानका अध्यक्ष शैलेन्द्र गुरागाईंले नयाँ मौद्रिक नीतिमा ऊर्जा क्षेत्रलाई उच्च प्राथमिकता दिनुपर्ने बताउँदै आयोजना निर्माणमा सहयोग पु¥याउन नौ प्रतिशतभित्रमै कर्जा उपलब्ध गराउने व्यवस्था गर्न पनि आग्रह गरे ।

प्रकाशित: १ असार २०७५ ००:५४ शुक्रबार

ऊर्जामा बैंकको लगानी बढाउन माग