अर्थ

गोकुलेश्वर र बैतडीको पाटनमा महालक्ष्मी विकास बैंक

काठमाडौं– महालक्ष्मी विकास बैंकले दार्चुलाको गोकुलेश्वर र बैतडीको पाटनमा शाखा विस्तार गरेको छ । बैंकको गोकुलेश्वर शाखाको शैल्यशिखर नगरपालिकाका नगर प्रमुख अमरसिंह धामी तथा पाटन शाखाको पाटन नगरपालिकाका नगर प्रमुख केशबबहादुर चन्दले उद्घाटन गरेको बैंकले जनाएको छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले जनताको पहुँच बढाउन बैंकले शाखा विस्तारको क्रमलाई निरन्तरता दिने बताएका छन् । बैंकले ७१ शाखा तथा ३५ एटिएममार्फत सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले चैत मसान्तसम्म २५ अर्ब ११ करोड रुपैयाँ निक्षेप संकलन गरी २१ अर्ब ७७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

 

प्रकाशित: ३१ जेष्ठ २०७५ ०३:२८ बिहीबार

गोकुलेश्वर बैतडीको पाटनमा महालक्ष्मी विकास बैंक