अर्थ

आइएफसी–निर्धन उत्थान बैंक सम्झौता

काठमाडौं – विश्व बैंकको इन्टरनेसनल फाइनान्स कर्पोरेसन (आइएफसी) र निर्धन उत्थान बैंक लिमिटेडबीच कर्जाको लागि सम्झौता भएको छ ।
निर्धन उत्थान बैंकका प्रमुख कार्यकारी अधिकृत जनार्दनदेव पन्त र आइएफसीका नेपालका लागि रेसिडेन्ट प्रतिनिधि मोहम्मद रेहन रसिदले सोमबार सम्झौतापत्रमा हस्ताक्षर गरेको कम्पनीले जनाएको छ । उक्त सम्झौता नेपाल राष्ट्र बैंकबाट अनुमोदन भएपछि आइएफसीले निर्धन उत्थान बैंकलाई एक अर्ब रुपैयाँ कर्जा प्रदान गर्नेछ।

बैंकले देशको ७७ वटा जिल्लामा एक सय ७९ शाखा, १० वटा क्षेत्रीय कार्यालय, केन्द्रीय कार्यालय गरी एक सय ९० वटा कार्यालय स्थापना गरेको छ । बैंकले गत वैशाखसम्ममा तीन लाख ११ हजार ६९ घरपरिवारलाई सेवा पु¥याइरहेको जारी विज्ञप्तिमा उल्लेख छ ।

 

प्रकाशित: ३० जेष्ठ २०७५ ०१:०५ बुधबार

आइएफसी–निर्धन उत्थान बैंक सम्झौता