अर्थ

सिभिल बैंकको चन्द्रसूर्य बचत खाता

काठमाडौं– सिभिल बैंक लिमिटेडले सर्वाधिक ब्याज पाइने बचत खाता योजना ‘चन्द्रसूर्य बचत खाता’ ल्याएको छ । बैंकले यस बचत खातामा १० प्रतिशत वार्षिक ब्याज दिने बैंकले जनाएको छ।

न्यूनतम मौज्दात १० लाख रुपैयाँ राख्नुपर्ने यस बचत  खातामा ग्राहकका लागि निःशुल्क इन्टरनेट बैंकिङ, एटिएम कार्ड, चेक बुक, एसएमएस बैंकिङ सेवा, मोबाइल बैंकिङ सेवा, लकरको वार्षिक शुल्कमा शतप्रतिशत छुट रहेको बैंकले जनाएको छ । साथै, पाँच लाखसम्मको दुर्घटना मृत्यु-अपांगताको निःशुल्क बिमा हुनुका साथै ग्राहकलाई ग्राहककै घरदैलोमा गई सेवा प्रदान गरिने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित: २९ जेष्ठ २०७५ ०१:३७ मंगलबार

सिभिल बैंकको चन्द्रसूर्य बचत खाता