अर्थ

सिभिल बैंकद्वारा विद्यालयलाई कम्प्युटर

काठमाडौं– सिभिल बैंकले लमजुङको राइनासस्थित शिशु विद्याश्रम माध्यामिक विद्यालयलाई नौ थान कम्प्युटर वितरण गरेको छ । सिभिल बैंकको उक्त क्षेत्रका क्षेत्रीय प्रबन्धक दुर्गाराज पाण्डेयले विद्यालयका व्यवस्थापन सािमतिका अध्यक्ष शेरबहादुर अधिकारीलाई कम्प्युटर हस्तान्तरण गरेको जनाएको छ।

कार्यक्रममा विद्यालयका सञ्चालक समितिका पदाधिकारी, विद्यार्थी, अभिभावक तथा सो क्षेत्रका उद्योगी, व्यवसायी, समाजसेवी लगायतको सहभागिता रहेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित: २८ जेष्ठ २०७५ ०१:१८ सोमबार

सिभिल बैंकद्वारा विद्यालयलाई कम्प्युटर