अर्थ

राजधानीमा टोयोटाको एक्सचेन्ज मेला

काठमाडौं– विश्वप्रख्यात मोटर कम्पनी टोयोटाको एकमात्र आधिकारिक बिक्रेता युुनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले काठमाडौंको नक्साल बेङक्वेटमा ‘टोयोटा एक्सचेन्ज मेला’ सम्पन्न गरेको छ।

शनिबार र आइतबार गरी दुई दिनसम्म चलेकोे उक्त मेलामा कुनै पनि ब्रान्डका पुरानो गाडी ल्याई उचित मूल्यमा नयाँ टोयोटा गाडी खरिद गर्न सुलभताको साथमा साट्ने व्यवस्था गरिएको थियो। ग्राहकको पुरानो गाडीको सहि मूल्यांकन गरी आवश्यकताअनुसार फाइनान्सको पनि व्यवस्था गरिएको थियो।

उक्त एक्सचेन्ज मेलामा, टोयोटा स्पेयर्स पार्ट्स आउट्लेट र टोयोटा जेनियुन एसेसरिज आउट्लेट पनि राखिएको थियो। यसैगरी गाडीको निःशुल्क चेकअप, अन द स्पोट फाइनान्स, टेस्ट ड्राइभ र अन द स्पोट मूल्यांकनजस्ता आकर्षक अफरहरुको पनि व्यवस्था थियो। 

टोयोटाले समयानुकुल र आवश्यकता अनुरुप यस्ता प्रकारका ग्राहकमुखी मेलाहरु भविष्यमा पनि आयोजना गर्दै जाने कम्पनीका महाप्रबन्धकले बताए। उक्त मेलामा १० गाडीे एक्सचेन्ज तथा बिक्री भएको छ।

प्रकाशित: २७ जेष्ठ २०७५ १६:०५ आइतबार

राजधानीमा टोयोटाको एक्सचेन्ज मेला