अर्थ

सरकारद्वारा सेयर लाभकरको नयाँ व्यवस्था फिर्ता

काठमाडौं । सरकार सेयरको बोनस र हकप्रद सेयरको अंकित मूल्यभन्दा बढी रकम पुँजीगत लाभकर लिने निर्णयबाट पछि हटेको छ। सरकार पछिहटेसँगै अब पुरानै विधिबाट पुँजीगत लाभकर गणना गरिने भएको छ।

लगानीकर्ता र शेयर ब्रोकरको आन्दोलनका कारण सेयर बजार प्रभावित हुँदा पुरानै विधिबाट पुँजीगत लाभकर गणना गर्न भन्दै अर्थ मन्त्रालयले आन्तरिक राजस्व विभागलाई पत्र पठाएको मन्त्रालयका प्रवक्ता झक्कप्रसाद आचार्यले बताए।

सेयर कारोबारका लगानीकर्ताहरु सरकारको पछिल्लो निर्णयको विराध गर्दै सेयर कारोबार बन्द गरी आन्दोलनमा उत्रिएका थिए। मंगलबारदेखि जारी आन्दोलनका कारण सेयर बजार प्रभावित भएको थियो।

प्रकाशित: २३ जेष्ठ २०७५ ०७:४२ बुधबार

सरकारद्वारा सेयर लाभकरको व्यवस्था