अर्थ

आइसिएफसीको बैंकिङ सेवा मोबाइलमा

काठमाडौं– आइसिएफसी फाइनान्स लिमिटेडले ग्राहकको सुविधालाई मध्यनजर गर्दै आइसिएफसी मोबाइल बैंक सेवा मोबाइलमा सञ्चालन गरेको छ । उक्त सेवा ग्राहकले सहज रुपमा आफ्नो मोबाइलबाट प्रयोग गर्न सक्ने कम्पनीले जनाएको छ।एन्ड्रोइड र आइओएस दुवै प्लेटफर्ममार्फत आइसिएफसी फाइनान्सको एप डाउनलोड गरी संस्थाको कुनै पनि शाखा कार्यालयमा रजिस्टर गरेर सेवा लिन सकिने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

 

प्रकाशित: २३ जेष्ठ २०७५ ०१:३५ बुधबार

आइसिएफसीको बैंकिङ सेवा मोबाइलमा