अर्थ

सन्राइज बैंकद्वारा स्वास्थ्य बिमा रकम भुक्तानी

काठमाडौं– सन्राइज बैंक लिमिटेडले बचत खाताका ग्राहकको लागि सुरु गरेको स्वास्थ्य बिमा सुविधा अन्तर्गत  भैंसीपाटी शाखाका ग्राहक राजेन्द्र महर्जनको उपचार खर्च बापत ८० हजार दुई सय ५६ रुपैयाँ हस्तान्तरण गरेको छ । बैंकका नायब महाप्रबन्धक रविन नेपालले उक्त रकम हस्तान्तरण गरेको बैंकको विज्ञप्तिमा उल्लेख  छ ।

यो बिमा सुविधा अन्तर्गत बैंकका बचतकर्ताले अस्पताल भर्ना भई उपचार गराउँदा लाग्ने खर्च एक लाखमा नबढ्ने गरी आफ्नो बचत खातामा रहने वार्षिक औसत मौज्दातको २५ प्रतिशत वा बिल रकममध्ये जुन कम हुन्छ सो रकम दाबी गर्न पाउने बैंकले जनाएको छ ।  बैंकले स्वास्थ्य बिमा सुविधा अन्तर्गत देशभरका ७० भन्दा बढी तोकिएका निजी अस्पतालमा स्वास्थ्य परीक्षण गराउँदा पाँच देखि २० प्रतिशतसम्म छुट प्रदान गर्दै आएको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित: २२ जेष्ठ २०७५ ०१:४८ मंगलबार

सन्राइज बैंकद्वारा स्वास्थ्य बिमा रकम भुक्तानी