अर्थ

जोरपाटीमा नेपाल बैंक

काठमाडौं– नेपाल बैंक लिमिटेडले सोमबार गोकर्णेश्वर नगरपालिका–७ माकलबारी गेटमा शाखा खोलेको छ ।१९९४ मा स्थापित मुलुककै पहिलो बैंकले पछिल्लो समयमा आफूलाई आधुनिक डिजिटल सेवामा लगेको छ ।

कार्यलयमा मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, एटिएम, एबिबिएस, लगायत सुविधा रहेको शाखा प्रबन्धक गोकुलबहादुर साउदले जानकारी दिए ।यो शाखा सञ्चालनसँगै यस भेगका कागेश्वरी–मनोहरा तथा गोकर्णेश्वर नगरपालिकाका सर्वसाधारणले प्रत्यक्ष सुविधा पाउने बैंकका सहायक प्रबन्धक कमला गजुरेलले जानकारी दिइन् ।

प्रकाशित: २२ जेष्ठ २०७५ ०१:३९ मंगलबार

जोरपाटीमा नेपाल बैंक