अर्थ

भानु नगरपालिकामा ग्लोबल आइएमई

काठमाडौं – ग्लोबल आइएमई बैंकले तनहुँको भानु नगरपालिका–२, फुस्रेटारमा एक्सटेन्सन काउन्टर सुरु गरेको छ ।भानु नगरपालिकामा सेवाग्राहीको बढ्दो चाप र स्थानियबासीको बिस्तारित बैंकिङ सेवाको आवश्यकतालाई मध्यनजर गर्दै बैंकले सम्पूर्ण बैंकिङ सेवा दिने गरी एक्सटेन्सन काउन्टर सुरु गरेको हो।

ग्लोबल आइएमई बैंकले १२९ शाखा, १३१ एटिएम,  पाँच एक्सटेन्सन काउन्टर, १४ वटा राजस्व संकलन काउन्टर र ८७ शाखा रहित बैंकिङ सेवा, तीन प्रतिनिधि÷सम्र्पक कार्यालयमार्फत नौ लाखभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको जनाएको छ ।

प्रकाशित: २२ जेष्ठ २०७५ ०१:३५ मंगलबार

भानु नगरपालिकामा ग्लोबल आइएमई