अर्थ

दार्चुलाकोे मार्मामा सन्राइज बैंक

काठमाडौं– सन्राइज बैंक लिमिटेडले दार्चुलाकोे मार्मा गाउँपालिकामा ८२औं शाखा स्थापना गरेको छ । दार्चुला जिल्ला समन्वय समितिका सदस्य पार्वती सिंह र बैंकका कर्पोरेट बैकिङ विभाग प्रमुख हरिप्रसाद आचार्यले शुक्रबार शाखाको संयुक्त रुपमा उद्घाटन गरेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

बैंकले हालै बचत खाताका ग्राहकको लागि ‘स्वास्थ्य बिमा सुविधा’ सुरु गरेको छ । उक्त बिमा अन्तर्गत सरकारी वा तोकिएको निजी अस्पतालमा भर्ना भई उपचार गर्दा लागेको खर्च, बचत खातामा कायम रहेको वार्षिक औसत मौज्दातको २५ प्रतिशत वा एक लाख रुपैयाँसम्मको खर्च सोधभर्ना प्रदान गर्ने बैंकले जनाएको छ । साथै, मुलुकभरका ७० भन्दा बढी अस्पतालमा स्वास्थ परिक्षण गराउँदा पाँचदेखि २० प्रतिशतसम्म छुट उपलब्ध हुने बैंकले जनाएको छ ।

 

 

प्रकाशित: २१ जेष्ठ २०७५ ०१:४५ सोमबार

दार्चुलाकोे मार्मामा सन्राइज बैंक