अर्थ

त्रिवेणी गाँउपालिकामा नेपाल इन्भेस्टमेन्ट बैंक

काठमाडौं– नेपाल इन्भेस्टमेन्ट बैंकले रोल्पाको त्रिवेणी गाँउपालिकास्थित जुगारमा ७१औं शाखा सञ्चालन गरेको छ । प्रदेश नम्बर ५ स्थित त्रिवेणी गाउँपालिकाका स्थानीयलाई यो शाखाले वित्तीय कारोबार सहज बनाउने बैंकले जनाएको छ।  

ग्रामीण क्षेत्रका सर्वसाधारणलाई समेत सहज बैंकिङ सेवा दिने उद्देश्यले प्रदेश अनुसार वित्तीय सञ्जाल नपुगेका क्षेत्रमा शाखा विस्तार गर्ने योजना अनुसार शाखा विस्तारको अभियानलाई निरन्तरता दिएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: १७ जेष्ठ २०७५ ०३:०० बिहीबार

त्रिवेणी गाँउपालिकामा नेपाल इन्भेस्टमेन्ट बैंक