अर्थ

सेञ्चुरी कमर्सियल बैंकको थप तीन शाखा

काठमाडौं– सेञ्चुरी कमर्सियल बैंकले थप तीन शाखा सञ्चालन गरेको छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका, दैलेखको नारायण नगरपालिका वडा नं १ नयाँ बजार र दाङको घोराही नगरपालिका सहिद गेटमा शाखा खोलेको बैंकले जनाएको छ।

बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले स्थानीय जनप्रतिनिधि तथा उद्योग वाणिज्य संघका प्रतिनिधिको उपस्थितिमा ती शाखा उद्घाटन गरेको बैंकले जनाएको छ ।उद्घाटन समारोहमा बैंकका सञ्चालकहरु, प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतम अन्य वरिष्ठ पदाधिकारीको सहभागिता रहेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित: १७ जेष्ठ २०७५ ०२:५३ बिहीबार

सेञ्चुरी कमर्सियल बैंकको शाखा