अर्थ

बजेट : बृद्ध भत्ता बढेन

काठमाडौं- यस पटकको बजेट भाषणमा बृद्ध भत्ता बढेन। सरकारले सामाजिक सुरक्षालाई एकीकृत गर्ने नयाँ बजेटमा उल्लेख गरेको छ।

७० वर्ष माथिका नागरिकलाई एक लाखसम्मको निशुल्क स्वास्थ बिमा गरिने छ। सरकारले सामाजिक सुरक्षाको क्षेत्रमा यो नयाँ नीति ल्याएको हो। यस्तै दोहोरो समाजिक सुरक्षा हटाउने पनि बजेटमा उल्लेख छ।

७० वर्ष पुगेका बृद्ध बृद्धाहरुले मासिक २ हजार सामाजिक भत्ता पाउँदै आएका छन्। एकल महिला, दलित ज्येष्ठ नागरिकहरुले भने ६० वर्षमै यो भत्ता प्राप्त गर्दै आएका छन्।

प्रकाशित: १५ जेष्ठ २०७५ १२:०० मंगलबार

बजेट बृद्ध भत्ता बढेन