अर्थ

पञ्चकन्याको स्टिल ट्यांकी भारत निकासी

काठमाडौं – मुलुकको प्रतिष्ठित व्यापारिक एवं औद्योगिक घरानामध्येको एक पञ्चकन्या ग्रुपले स्टेनलेस स्टिल ट्यांकी भारत निकासी गर्न थालेको छ। पञ्चकन्याका स्टिल ट्यांकीको माग भारतको पटना, लखनउ, कोलकाता जस्ता सहरमा समेत हुन थालेको कम्पनीले जनाएको छ।

‘भारतबाट पञ्चकन्या ग्रुपलाई राम्रो प्रतिक्रिया प्राप्त भएकोले एसएस ट्यांकको भविष्य उज्ज्वल देखिएको छ,’ पञ्चकन्या ग्रुपले एक विज्ञप्तिमा भनेको छ।

उक्त स्टिल ट्यांकीहरु खिया प्रतिरोधी, पानी छिटो नतात्ने, लक गर्न मिल्ने बिर्को, पर्याप्त निप्पल तथा स्ट्यान्ड सहित हुनाले जडान गर्न सहज तथा सजिलै ट्यांकीभित्रको फोहर सफा गर्न सकिने कम्पनीले जनाएको छ । यी ट्यांकीमा अन्यको दा“जोमा अरु धेरै विशेषता भएको हु“दा यसलाई आम उपभोक्ताले अत्यधिक रुचाएको कम्पनीको दाबी छ।

पञ्चकन्याले नेपालमा पहिलोपटक अत्याधुनिक प्रविधि प्रयोग गरी ३०४ फुड ग्रेडको भर्टिकल तथा होरिजेन्टल र ३१६ ग्रेडको स्टेनलेस स्टिल ट्यांकी उत्पादन गर्दै आएको छ।

प्रकाशित: १३ जेष्ठ २०७५ ०५:५४ आइतबार

पञ्चकन्याको स्टिल ट्यांकी भारत निकासी