अर्थ

प्रभु बैंकको १६औं सभा

काठमाडौं– प्रभु बैंक लिमिटेडको १६औं वार्षिक साधारण सभा भएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष देवीप्रकाश भट्टचनको अध्यक्षतामा सभा भएको हो।

वार्षिक साधारण सभाबाट सञ्चालक समितिको प्रतिवेदन सहित गत आव ०७३-७४ को वासलात, नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायत अनुसूचीहरु पारित गरिएको छ । सभाले बैंकको सहायक कम्पनी प्रभु क्यापिटल लिमिटेडको गत आव ०७३÷७४ को एकीकृत वित्तीय विवरण समेत पारित गरको छ ।

साधारण सभामा छलफल तथा निर्णयार्थ प्रस्तुत सामान्य तथा विशेष प्रस्ताव पारित गर्दै बैंकले डिबेन्चर तथा बन्ड जारी गर्न सक्ने, सार्वजनिक निष्कासन गरिएका धितोपत्रहरु निष्कासन नहुँदाका बखत लगानीकर्ताबाट दरखास्त संकलन गर्ने, कम्तीमा एकजना महिला सञ्चालक रहने व्यवस्था मिलाउन बैंकको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने निर्णय गरेको छ ।सञ्चालक समितिको निर्णय बमोजिम रिक्त सञ्चालक पदमा शंकरप्रसाद कालिकोटा र अन्जु अधिकारीको नियुक्तिलाई अनुमोदन गरेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित: ११ जेष्ठ २०७५ ०२:०७ शुक्रबार

प्रभु बैंकको १६औं सभा