अर्थ

चार महिला पत्रकारले चुमे सगरमाथा शिखर

तस्बिर साैजन्य : नेपालमाउन्टेनन्युज

 काठमाडाैं- चार नेपाली पत्रकार महिलाले सर्वाेच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन्। उनीहरुले आज बिहान ६ बजे सफल आरोहण गरेका हुन्।

सगरमाथा आधार शिविरमा रहेकाे पर्यटन मन्त्रालयका आरोहण सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठकाअनुसार ‘फस्ट वुइमेन जर्नालिस्ट एभरेष्ट एक्सपिडिसन २०१८' आरोहण दलका राेजिता बज्राचार्य, कल्पना महर्जन, रोशा बस्नेत र देउराली चाम्लिङ सगरमाथा शिखर पुगेका हुन्।

'चार पत्रकार महिला सबैले साधारण रुटबाट सगरमाथा शिखर चुमेका हुन,' श्रेष्ठले नागरिकन्युजसँग भने, '५ जनाको समुह भएपनि अर्की पत्रकार प्रियालक्ष्मी कार्की भने अस्वस्थताका कारण तेस्राे शिविरबाट फिर्ता भएकी थिइन्।'

काठमाडौकी राेजिता नेपाल टेलिभिजनमा कार्यरत छिन् भने ललितपुरकी कल्पना मेगा टेलिभिजन काम गर्छिन्। मोरङकी रोजा राष्ट्रिय समाचार समितिमा काम गर्छिन् भने  देउराली स्वतन्त्र पत्रकार हुन्।

टोलीको नेतृत्व रोजिताले गरेकी थिइन्।

 

प्रकाशित: ९ जेष्ठ २०७५ ०२:४१ बुधबार

महिला पत्रकारले चुमे सगरमाथा शिखर