अर्थ

मेगा बैंकमा इन्टरनेटबाटै खाता खोल्न सकिने

काठमाडौं– मेगा बैंक नेपाल लिमिटेडले स्वदेश तथा विदेशमा रहेका ग्राहकले इन्टरनेटबाटै खाता खोल्न सक्ने सुविधा ल्याएको छ । ग्राहकलाई नविनतम सुविधा थप्दै जाने क्रममा बैंकले स्वदेशी तथा विदेशी नागरिकलाई इन्टरनेटमार्फत खाता खोल्न सकिने अत्याधुनिक अनलाइन सुविधा ल्याएको जनाएको छ।

यो सुविधापछि अब नयाँ ग्राहकले कार्यालयमै आएर खाता खोल्नुपर्ने बाध्यताको अन्त्य भएको बैंकले जनाएको छ ।
मेगा बैंकमा खाता खोल्न चाहने ग्राहकलाई सहज र सरल रुपमा सेवा प्रदान गर्ने उद्देश्यले अनलाइन खाता खोल्ने सुविधा ल्याएको बैंककी निमित्त सिइओ रविना देशराज श्रेष्ठले बताएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

 

प्रकाशित: ९ जेष्ठ २०७५ ००:४० बुधबार

मेगा बैंकमा इन्टरनेटबाटै खाता खोल्न सकिने