अर्थ

जापानले ६८ करोड उपलब्ध गराउने

काठमाडौं – जापान सरकारले नेपालको आर्थिक र सामाजिक विकास कार्यक्रमका लागि ६८ करोड ३२ लाख आर्थिक सहायता उपलब्ध गराउने भएको छ।

जापान सरकारले यस प्रकारको आर्थिक सहयोग यसअघि पनि उपलब्ध गराउँदै आएको थियो। शुक्रबार अर्थ मन्त्रालयमा जापानी राजदूत मासासी ओगवा र अर्थ सचिव डा राजन खनालले सहायता सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे।

सम्झौतापछि आयोजित कार्यक्रममा अर्थमन्त्रालयका सचिव डा खनालले आर्थिक सहायता रकम प्राकृतिक विपद्बाट क्षति भएका संरचना निर्माण र बाढीपहिरो नियन्त्रणमा खर्च गरिने बताए।

जापानी राजदूत ओगवाले प्राकृतिक विपद्मा परेका नेपाली जनताको विकासमा सहायता रकमले मद्दत पुगोस् भन्ने चाहाना रहेको बताए। जापान र नेपाल प्राकृतिक विपद्मा परिरहने मुलुक हुन्।  (रासस)

प्रकाशित: ४ जेष्ठ २०७५ ०९:०६ शुक्रबार

जापानले ६८ करोड उपलब्ध गराउने