अर्थ

इन्भेष्टमेण्टको पाँच शाखा

काठमाडौं– नेपाल इन्भेष्टमेण्ट बैंकले दोलखा, पाँचथर, नुवाकोट र रामेछापमा गरी चार शाखा तथा रसुवाको धुन्चेमा एक्स्टेन्सन काउन्टर खोलेको छ।

दोलखाको बिगू गाउँपालिकास्थित सिंगटी, पाँचथरको फाल्गुनन्द गाउँपालिकास्थित राँके, नुवाकोटको सूर्यगढी गाउँपालिकास्थित चोकदे तथा रामेछापको लिखू तामाकोशी गाउँपालिका धोवीबजारस्थित लिखूमा बैंकले शाखा सञ्चालनमा ल्याएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यीसँगै अब बैंकको शाखा संख्या ७० वटा र एक्स्टेन्सन काउन्टर पाँच वटा पुगेको बैंकले जनाएको छ।

बैंकले ग्रामीण क्षेत्रका सर्वसाधारणलाई समेत सहज बैंकिङ सेवा प्रदान गर्ने उदेश्यले प्रदेशअनुसार वित्तीय सञ्जाल नपुगेका क्षेत्रमा शाखा विस्तार गर्ने योजनाअनुसार शाखा विस्तारको अभियानलाई निरन्तरता दिएको जनाएको छ । यस्तै विपन्न वर्ग कर्जातर्फ प्रत्यक्ष २२ हजार व्यक्तिलाई तीन अर्ब ६४ करोड लगानी गर्नेमा बैंक एक मात्र रहेको बताइएको छ ।
 

प्रकाशित: ३१ वैशाख २०७५ ००:५८ सोमबार

इन्भेष्टमेण्टको शाखा