अर्थ

नेसनल लाइफ र गण्डकीबीच बैंकासुरेन्स सम्झौता

काठमाडौं – नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र पोखराको गण्डकी विकास बैंकबीच बिहीबार बैंकासुरेन्स सम्बन्धी सम्झौता भएको छ।

सम्झौतापत्रमा नेसनल लाइफका प्रमुख कार्यकारी अधिकृत भरत बस्नेत र गण्डकी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले हस्ताक्षर गरेको जारी विज्ञप्तिमा उल्लेख छ।

सम्झौताअनुसार बैंकका सबै शाखामार्फत इन्स्योरेन्स कम्पनीका सबै बिमालेख किन्न सक्ने व्यवस्था गरिएको बैंकले जनाएको छ। जीवन बिमासम्बन्धी अन्य सेवासमेत उपलब्ध हुने बताइएको छ।

प्रकाशित: ३० वैशाख २०७५ ०४:२६ आइतबार

नेसनल लाइफ गण्डकीबीच बैंकासुरेन्स सम्झौता