अर्थ

बर्दिबासमा नेपाल बंगलादेश बैंक

काठमाडौं – नेपाल बंगलादेश बैंक लिमिटेडले महोत्तरी जिल्लाको बर्दिबासमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।

बिहीबारबाट औपचारिक कारोबार शुभारम्भ गरेको यो शाखा बैंकको ५८औं शाखा हो । शाखाबाट सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा,रकम भुक्तानी लगायत सम्पूर्ण बैँकिङ सेवा प्रदान गर्ने बैंकले जनाएको छ ।

प्रकाशित: २८ वैशाख २०७५ ०१:०५ शुक्रबार

बर्दिबासमा नेपाल बंगलादेश बैंक