अर्थ

सांग्रिला र प्रभुु लाइफबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं – सांग्रिला डेभलपमेन्ट बैंक र प्रभुु लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सेवा प्रदान गर्ने सम्झौता भएको छ । सो सम्बन्धी सहमतिपत्रमा बैंकका प्रमुुख कार्यकारी अधिकृत राजेन्द्रप्रसाद पौडेल र इन्स्योरेन्स कम्पनीका प्रमुुख कार्यकारी अधिकृत किशोरप्रसाद लामिछानेले हस्ताक्षर गरे।

सांग्रिला डेभलपमेन्ट बैंकसमेत आवद्ध रहेको उक्त इन्स्योरेन्स कम्पनीबाट सम्झौता भएअनुुसार बैंकका कर्मचारी, सेयरधनी समूह र ग्राहकले बैंकको जुुनसुुकै शाखाबाट प्रभुु लाइफ इन्स्योरेन्सले प्रदान गर्ने जीवन बिमासम्बन्धी सम्पूूर्ण सेवा सहज र सरल रुपमा लिन सक्ने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २८ वैशाख २०७५ ००:५८ शुक्रबार

सांग्रिला प्रभुु लाइफबीच बैंकास्योरेन्स सम्झौता