अर्थ

बारामा ६६ करोडको मसुरो उत्पादन

कलैया – बारामा यसवर्ष ६६ करोड ३ लाख ९६ हजार बराबरको मसुरो उत्पादन भएको छ।

जिल्ला कृषि कार्यालयका अनुसार आव २०७४–७५ मा कृषकले कूल १० हजार ६ हेक्टर क्षेत्रफलमा सिमल, शिखर र सिम्रिक जातको मसुरो खेती गरेका थिए।

वरिष्ठ अधिकृत शिवरत्न साहले गत वर्षभन्दा यसवर्ष करिब १ हजार ६०० हेक्कटर क्षेत्रफलमा मसुरोखेती हुननसक्दा उत्पादनमा कमी आएको बताए।

कलैया बजारमा मसुरोको मूल्य प्रतिकिलो ५५ रहेको छ। आर्थिक वर्ष २०७३–७४ मा कृषकले कूल ११ हजार ६०० हेक्टर क्षेत्रफलमा ७७ करोड १४ लाखको ९५ मेट्रिक टन मसुरो उत्पादन भएको थियो।  (रासस)

प्रकाशित: २६ वैशाख २०७५ ०८:१६ बुधबार

बारामा ६६ करोडको मसुरो उत्पादन