अर्थ

दोहोरो अंकले घट्यो शेयर बजार

काठमाडौं- साताको पहिलो दिन अाइतबार शेयर बजार दोहोरो अंकले ओरालो लागेको छ। नेपाल स्टक एक्चेञ्जका अनुसार नेप्से परिसूचक १२.५१ बिन्दुले ओरालो लागेर एक हजार ३५३.६४ बिन्दुमा आइपुगेको छ। 

यस्तै ‘क’ वर्गका शेयर कारोबारको मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत २.९१ बिन्दुले ओरालो लागेर २८५.३८ बिन्दुमा झरेको छ। कूल १६० कम्पनीको आठ लाख ४३ हजार ४१० कित्ता शेयर रु ३६ करोड १६ लाख ९६ हजार ७६३ मूल्यमा कारोबार भएको स्टकले जनाएको छ। 

उपसूचकमध्ये वित्त क्षेत्रको मात्रै शेयर उकालो लाग्दा अरु समूहका शेयर भने ओरालो लागेका छन्। सो उपसमूहको शेयर ०.०६ बिन्दुले उकालो लागेको हो। 

बैंकिङ ११.५५, होटल ३१.०६, विकास बैंक १३.४३, जलविद्युत् १९.८१, बीमा ६८.३२, उत्पादन ८.६६, अन्य ६.६१ र माइक्रो–फाइनान्स उपसमूहको ७.५४ बिन्दुले ओरोलो लाग्दा बजार घटेको हो।

प्रकाशित: २३ वैशाख २०७५ १४:३२ आइतबार

दोहोरो अंकले घट्यो शेयर बजार