अर्थ

वाइवाई ग्लोकल टिन हिरोको आवेदन खुल्ला

काठमाडौं – वाइवाई ग्लोकल टिन हिरोको चौथो संस्करणको लागि आवेदन खुलेको छ। किशोर किशोरीमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गर्न यो कार्यक्रम हुन लागेको हो।

ग्लोकल प्रालिद्वारा आयोजना गरिएको उक्त कार्यक्रममा विभिन्न ठाउँबाट किशोर किशोरी सहभागी हुनेछन्। काठमाडौं उपत्यका, धनगढी, महेन्द्रनगर, नेपालगन्ज, बागलुङ, बुटवल, भैरहवा, जनकपुर, झापा, विराटनगर, लहान र पोखरा लगायत २८ सहरमा ग्लोकल समूहका लागि कार्यक्रम हुने प्रालिले जनाएको छ।

प्रकाशित: २३ वैशाख २०७५ ०२:२४ आइतबार

वाइवाई ग्लोकल टिन हिरोको आवेदन खुल्ला