अर्थ

बागलुङमा एनसिसी बैंक

काठमाडौं – नेपाल क्रेडिट एन्ड कमर्स (एनसिसी) बैंकले बागलुङमा शाखा स्थापना गरेको छ। बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले उक्त शाखाको उद्घाटन गरेको बैंकले जनाएको छ।

कार्यक्रममा नगर प्रमुख पौडलले बैंकहरुले संस्थागत सामाजिक उत्तरदायित्वमा समेत सहभागी हुनुपर्नेमा जोड दिएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

बैंकले यस आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ५९ अर्ब एक करोड निक्षेप संकलन गरेको जनाएको छ। ५२ अर्ब १२ करोड कर्जा प्रवाह गरेको बैंकले जनाएको छ। सोही अवधिमा बैंकको खुद नाफा ५४ करोड ३१ लाख पुगेको छ। गत आवको यसै अवधिको खुद नाफा १६ करोड ७६ लाख रहेको बैकको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २१ वैशाख २०७५ ०६:०६ शुक्रबार

बागलुङमा एनसिसी बैंक