अर्थ

डुयल क्यामराको साथ ग्यालेक्सी जे–सेभन डुओ अब नेपालमा

काठमाडौं– नेपालको लोकप्रिय ब्राण्ड सामसङले आफ्नो स्मार्टफोनको श्रृंखलामा ग्यालेक्सी जे–सेभन डुओ थप ल्याएको छ। ग्यालेक्सी जे नेपालको प्रसिद्ध स्मार्टफोन सिरिज हो, जुन ३ वटा मोबाइलको बिक्रीमा १ वटा बिक्री हुने गर्छ।

ग्यालेक्सी जे–सेभन डुओमा भएको डुयल क्यामराले जे सिरिजलाई अझ बढी उत्कष्ट बनाएको छ।  यसमा भएको रियर क्यामेरा १३ मेगा पिक्सलदेखि ५ मेगा पिक्सल सम्ममा सेटप गर्न सकिने सुविधा रहेको छ। यसको फ्रन्ट क्यामरा ८ मेगापिक्सल रहेको छ। दुबै क्यामरा एफ÷१.९ युक्त अपरचर तथा एलइडि फ्यास रहेको छ। लो लाइट फोटोग्राफीको लागि ग्यालेक्सी जे–सेभन डुओ उच्चस्तरीय स्मार्टफोन रहेको छ ।

ग्यालेक्सी जे–सेभन डुओको नेपाली मूल्य २८ हजार ९९० रहेको छ। यो फोन ब्ल्याक तथा गोल्ड कलरमा उपलब्ध छ। यही अप्रिल ३० देखि नेपालका सम्पूर्ण रिटेल्सहरुमा सहजै उपलब्ध हुँदै आएको सामसुङले जनाएको छ।

सामसङ नेपालका प्रमुख श्रीप्रणय रत्न स्थापितले ग्यालेक्सी जे–सेभन डुओ मोबाइल फोन जे सिरिज अन्तर्गत नयाँ आविष्कार भएको जानकारी गराउँदै नेपाली ग्राहकको मनमनमा बस्ने विश्वास व्यक्त गरे। 

प्रकाशित: २० वैशाख २०७५ ११:२७ बिहीबार

डुयल क्यामराको साथ ग्यालेक्सी जे–सेभन डुओ अब नेपालमा