अर्थ

एनआइडिसी डेभलपमेन्ट र राष्ट्रिय वाणिज्य बैंकको एकीकृत कारोबार

काठमाडौं– एनआइडिसी डेभलपमेन्ट बैंक र राष्ट्रिय वाणिज्य बैंक गाभिएर बुधबारबाट एकीकृत कारोबार सुरु भएको छ । एकीकृत कारोबार अर्थमन्त्री युवराज खतिवडाले थालनी गरेको बैंकले जनाएको छ।

सो अवसरमा अर्थमन्त्री खतिवडाले वाणिज्य बैंकको इलेक्ट्रोनिक बैंकिङ खाताको पनि शुभारम्भ गरेका थिए ।बैंकहरुको ब्याज दर उच्च रहिरहेको अवस्थाले आधार औसत ब्याज दर १०.४ प्रतिशतभन्दा माथि पुगेको डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले बताए । आन्तरिक कर्जाको तुलनामा निक्षेप बढ्न नसकेको बताए । आन्तरिक कर्जा २१.६ प्रतिशतले बढ्दा १३ प्रतिशत मात्रै निक्षेप बढेको उनले बताए।

कार्यक्रममा राष्ट्रिय वाणिज्य वैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकको परिसूचक सकारात्मक हुँदा हुँदै पनि बैंकलाई अझ सबल र सुदृढ बनाउने चुनौती रहेको बताए ।
दुई संस्था मर्ज भएसँगै बैंकको चुक्ता पुँजी नौ अर्ब ४७ करोड रुपैयाँ, जगेडा कोषमा आठ अर्ब ३० करोड रुपैयाँ साथै कुल सम्पत्ति एक खर्ब ८२ अर्ब रुपैयाँ पुगेको बैंकले जनाएको छ।

प्रकाशित: २० वैशाख २०७५ ०१:३० बिहीबार

एनआइडिसी डेभलपमेन्ट राष्ट्रिय वाणिज्य बैंकको एकीकृत कारोबार