अर्थ

विहादीमा प्रभु बैंकको शाखा

काठमाडौं– प्रभु बैंकले आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले बुधबार पर्वत जिल्लाको विहादी गाउँपालिका वडा नं ४ मा सो शाखा सञ्चालनमा ल्याएको हो।

उक्त शाखाको विहादी गाउँपालिका अध्यक्ष कमल भुसालले उद्घाटन गरेको बैंकले जनाएको छ । बैंकको सो शाखाबाट स्थानीय तहका सेवाग्राही, सर्वसाधारण, फर्म, कम्पनी तथा संघ–संस्था लाभान्वित हुने बैंकले जानकारी दिएको छ । उक्त गाउँपालिकको समग्र आर्थिक विकासमा समेत टेवा पुग्ने बैंकको दाबी छ ।

प्रकाशित: २० वैशाख २०७५ ०१:२६ बिहीबार

विहादीमा प्रभु बैंकको शाखा