अर्थ

फोर्ड फ्रिस्टाइल सार्वजनिक

काठमाडौं– नेपालका लागि फोर्ड गाडीको आधिकारिक बिक्रेता  जिओ अटोमोबाइल्स प्रालिले फोर्डको सियुभी (कम्प्याक्ट युटिलिटी भेहिकल) फ्रिस्टाइल सार्वजनिक गरेको छ।

कम्पनीले राजधानीमा एक कार्यक्रम गरी भारतमा पहिलोपटक बनेको सियुभी फोर्ड फ्रिस्टाइल सार्वजनिक गरेको हो । कारमा एसयुभीको डिजाइन, पर्फर्मेन्स, बेन्चमार्क लगायतलाई समेटेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।उक्त सियुभीमा १.२ लिटर ३ सिलिन्डर पेट्रोल इन्जिन छ । जसले ९६ पिएस पिक पावर र १२० एनएम टर्क प्रदान गर्नेछ । कारले १९ किलोमिटर प्रतिलिटर माइलेज दिने कम्पनीको भनाइ छ।

कम्पनीको अनुसार गाडीमा कनेक्टिभिटी र सेफ्टी फिचर्स समावेश गरिएको छ । जसमा हाई रिसोलुसन ६.५ इन्च टचस्क्रिन र ६ वटासम्म एयरब्याग उपलब्ध छ । ग्राउन्ड क्लियरेन्स १९० छ । कारको टायर १५ इन्चको छ ।कारमा एन्टी लक ब्रेकिङ, इलेक्ट्रोनिक ब्रेक फोर्स डिस्ट्रिब्युसन, रियरभ्यू क्यामेरा, इमरजेन्सी असिस्टेन्स, पुस बटम स्टार्ट, कि–लेस इन्ट्री, अटो हेडल्याम्प, रेन–सेन्सिङ वाइपर लगायत फिचर्सहरू छन्।

ह्वाइट गोल्ड, मुनडस्ट सिल्भर, अक्सफोर्ड ह्वाइट, स्मोक ग्रे लगायत विभिन्न ६ रङमा कार उपलब्ध गराएको कम्पनीले जनाएको छ । सुरुवाती मूल्य २६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।उक्त सियुभीलाई मोडलअनुसार ३२ लाख ४९ हजार रुपैयाँसम्म पर्ने कम्पनीले जनाएको  छ ।

प्रकाशित: २० वैशाख २०७५ ०१:१५ बिहीबार

फोर्ड फ्रिस्टाइल सार्वजनिक