अर्थ

पोखराको न्युरोडमा स्मार्ट सेल सेन्टर

काठमाडौं– स्मार्ट टेलिकमले पोखराको न्यु रोडस्थित अरविन्द कमप्लेक्समा आधिकारिक स्मार्ट सेन्टर सञ्चालनमा ल्याएको छ । ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्ने उद्देश्यसहित स्मार्ट सेन्टर सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ।

सेन्टरबाट उपभोक्तालाई प्रभावकारी सेवा उपलब्ध हुने तथा स्मार्टका उत्पादन तथा सेवाको जानकारी सहजै प्राप्त हुने स्मार्ट टेलिकमले जनाएको छ । कम्पनीका सिसिओ राजीव कुमारले उक्त शाखाको उद्घाटन गरेको कम्पनीले जनाएको छ।

 

प्रकाशित: १८ वैशाख २०७५ ०१:३७ मंगलबार

पोखराको न्युरोडमा स्मार्ट सेल सेन्टर