अर्थ

जनता बैंकद्वारा व्यायाम मेसिन हस्तान्तरण

काठमाडौं– जनता बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेप्लिज पार्किन्सन डिजिज एसोसिएसनलाई व्यायाम मेसिन हस्तान्तरण गरेको छ।

पार्किन्सन रोगीलाई परामर्श तथा उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले स्थापना गरिएको एसोसिएसनलाई बिरामीको व्यायाम सुविधाको लागि उक्त मेसिन हस्तान्तरण गरिएको बैंकले जनाएको छ।बैंकका सहायक महाप्रबन्धक तथा काठमाडौं क्षेत्रीय प्रमुख कल्याण पाँडेले एसोसिएसनका अध्यक्ष रत्न राजेश्वरी थापालाई उक्त मेसिन हस्तान्तरण गरेका थिए ।

स्वास्थ्य, शिक्षा, मानवीय सेवाका अतिरिक्त वातावरण संरक्षण तथा सरसफाइको क्षेत्रमा बैंकले सहयोग गर्दै आएको जनाएको छ।संस्थाका महासचिव मुनाल सुवेदीले पार्किन्सन रोगी पनि समाजको अंग भएकोले उनीहरुलाई उचित परामर्श दिन सके समाजको लागि काम गर्न सक्षम हुने बताए।

प्रकाशित: १७ वैशाख २०७५ ०१:०६ सोमबार

जनता बैंकद्वारा व्यायाम मेसिन हस्तान्तरण