अर्थ

आइएमई लाइफ इन्स्योरेन्स र सेन्चुरी कमर्सियल बैंकबीच सम्झौता

काठमाडौं–आइएमई लाइफ इन्स्योरेन्स कम्पनी र सेन्चुरी बैंकबीच बैंक अस्योरेन्स सम्झौता भएको छ।

सम्झौतापत्रमा इन्स्योरेन्स कम्पनीका निमित्त महाप्रबन्धक दिनेश अमात्य र बैंकका प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराईले हस्ताक्षर गरेको इन्स्योरेन्सले जनाएको छ।
सम्झौतासँगै सेञ्चुरी बैंकको कुनै पनि शाखाबाट सहज रुपमा आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा जीवन बिमा गराउन सक्ने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हाल ५० स्थानबाट सेवा प्रदान गरिरहेको विज्ञप्तिमा छ । कम्पनीले बालशिक्षा, आजीवन, नगद फिर्ता, साढे तीन गुणा रक्षावरण लगायत बिमा योजना सञ्चालन गरेको छ ।

प्रकाशित: १४ वैशाख २०७५ ००:३८ शुक्रबार

आइएमई लाइफ इन्स्योरेन्स सेन्चुरी कमर्सियल बैंकबीच सम्झौता