अर्थ

संगीतकार संघलाई सिटिजन्स बैंकको सहयोग

काठमाडौं– सिटिजन्स बैंक इन्टरनेसनलले संगीतकार संघ नेपाललाई आर्थिक सहयोग गरेको छ । बैंकले संघलाई १५ लाख रुपैयाँ सहयोग गरेको हो।बैंकले आफ्नो वार्षिक उत्सवको अवसरमा सामाजिक रूपान्तरणका लागि काम गर्ने संस्थालाई आर्थिक सहयोग गर्दै आएको छ।

संगीतकार संघका अध्यक्ष लक्ष्मण शेष बिडारीलाई बैंकका प्रमुख प्रशासकीय अधिकृत उमंग शर्माले उक्त रकमको चेक हस्तान्तरण गरेको बैंकको प्रेस विज्ञप्तिमा उल्लेख छ । चेक हस्तान्तरण कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीसमेत सहभागी भएको बैंकले जनाएको छ।

सिटिजन्सले ६८ शाखा  र ६८ एटिएममार्फत सेवा दिइरहेको छ । बैंकले आर्थिक वर्ष ०७४÷७५ को चैतसम्ममा ६० अर्ब २५ करोड निक्षेप संकलन गरी ५५ अर्ब ८२ करोड कर्जा प्रवाह गरेको जनाएको छ । खुद मुनाफा एक अर्ब ९८ लाख रुपैयाँ छ।

 

प्रकाशित: १४ वैशाख २०७५ ००:३२ शुक्रबार

संगीतकार संघलाई सिटिजन्स बैंकको