अर्थ

आज घट्यो सुन, बढ्यो चाँदी

स्थानीय बजारमा आज (सोमबार) पनि सुनको मूल्यमा गिरावट देखिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन एक लाख ७३ हजार ८०० रुपैयाँमा कारोबार हुँदैछ। त्यस्तै चाँदी भने केही बढेर तोलामा एक हजार ८३० रुपैयाँ पुगेको छ।

आइतबार सुन १ लाख ७४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै चाँदी तोलामा १ हजार ८०० रुपैयाँ पुगेको थियो। 

प्रकाशित: २५ चैत्र २०८१ ११:१८ सोमबार