अर्थ

रेकर्ड बनाएको सुनको मूल्यमा गिरावट

मंगलबार हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्य आज भने घटेको छ। पछिल्लो दिनयता लगातार बढेर कीर्तिमान कायम गरिरहेको सुनको मूल्य आज तोलामा छ सय रुपैयाँले घटेको हो। त्यस्तै चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेको छ।  

मंगलबार प्रतितोला एक लाख ७९ हजार सात सय कायम भएको सुनको मूल्य आज तोलामा छ सय रुपैयाँ घटेर एक लाख ७९ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

त्यस्तै आज चाँदी प्रतितोला दुई हजार २० मा कारोबार भएरहेको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार एक सय १५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ। रासस

प्रकाशित: २० चैत्र २०८१ ११:४५ बुधबार