अर्थ

एभरेस्ट बैंकले एलआइसीको जीवन बिमा योजना बेच्ने

काठमाडौं– एभरेस्ट बैंकले एलआइसी नेपालस“ग बैंकास्योरेन्स संझौता गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठ र एलआइसी नेपालका प्रमुख कार्यकारी अधिकृत अभिजित घोष दस्तिदारले काठमाडौंमा आयोजित एक समारोहमा सो सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको एलआइसी नेपालको विज्ञप्तिमा उल्लेख छ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सेठले एलआइसीको जीवन बिमा योजनाहरु बैंकको सवै शाखा कार्यालयबाट बेचिने जानकारी गराए । कार्यक्रममा एलआइसी नेपालका बैंकास्योरेन्स विभाग प्रमुख श्रीमती विद्या श्रेष्ठ र बैंकका उप–महाप्रबन्धक राजीव जैनको उपस्थिति रहेको कम्पनी सचिव विनोदकुमार भुजेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

 

प्रकाशित: १२ वैशाख २०७५ ०२:५८ बुधबार

एभरेस्ट बैंकले एलआइसीको जीवन बिमा योजना बेच्ने