अर्थ

५० थान बोइङ खरिद गर्ने लायनको घोषणा

जकार्ता– इन्डोनेसियाको सस्तोमा उडान गर्ने निजी क्षेत्रको बजेट एयरलाइन्स लायन एयरले अमेरिकी जहाज निर्माता कम्पनी बोइङसँग एकैपटक ५० थान जहाज खरिद गर्ने घोषणा गरेको छ।

यी जहाजको मूल्य ६ अर्ब २४ करोड अमेरिकी डलरबराबर रहेको लायनले जनाएको छ ।
लायनले ‘बि७३७ म्याक्स १०’ सिरिजका जहाज खरिद गर्ने घोषणा गरेको हो । यो सिरिजका जहाज उड्डयन उद्योगकै सबैभन्दा इन्धन किफायती र नाफायोग्य रहेको बोइङले जनाएको छ । बोइङका अनुसार म्याक्स १० वर्गमा हालसम्मकै यो सबैभन्दा ठूलो खरिद अर्डर हो।

‘बोइङको सबैभन्दा पछिल्लो उत्पादन बि७३७ म्याक्स १० सिरिजका जहाजको पहिलो ग्राहक बन्न पाउँदा अति उत्साही छौं,’ लायन एयर ग्रुपका प्रेसिडेन्ट डाइरेक्टर एडवार्ड सरेटले भने, ‘यी सिरिजका जहाजले इन्धन बचतमा एउटा नयाँ तह निर्धारण गर्ने छ भने सञ्चालन लागत पनि उल्लेख्य दरमा घटाउन मद्दत गर्ने छ ।’
 

प्रकाशित: ११ वैशाख २०७५ ००:५९ मंगलबार

५० थान बोइङ खरिद गर्ने लायनको घोषणा