अर्थ

आइएमएस् ग्रुपको वार्षिकोत्सव

काठमाडौं– आइएमएस ग्रुपले २६औं वार्षिकोत्सव मनाएको छ । आइएमएस ग्रुप सामसङ र कोरियन गाडी स्याङ्योङ मोटर्सको नेपालस्थित एकल अधिकृत बिक्रेता हो।

कार्यक्रममा ग्रुपका अध्यक्ष दीपक मलहोत्रा, निर्देशक विमल सावरथिया, सिइओ डिकेश मलहोत्राका साथै तीन सयभन्दा बढी कर्मचारी सहभागी भएको कम्पनीले जनाएको छ।
कार्यक्रममा ट्यालेन्ट सो, मनोरञ्जनात्मक खेल, हाजिरीजवाफ प्रतियोगिता समेत गरिएको कम्पनीले जनाएको छ ।

प्रकाशित: ११ वैशाख २०७५ ००:४३ मंगलबार

आइएमएस् ग्रुपको वार्षिकोत्सव