अर्थ

एनबी बैंकमा श्रेष्ठ र देवकोटा

काठमाडौं– नेपाल बंगलादेश (एनबी) बैंकको उपप्रमुख कार्यकारी अधिकृत (डेपुटी सिइओ) मा सुरेन्द्रभूषण श्रेष्ठ नियुक्त भएका छन् । सहायक महाप्रबन्धक (एजिएम) मा सुरेश देवकोटा नियुक्त भएको बैंकले जनाएको छ।

सन् १९९६ मा एभरेस्ट बैंकबाट बैंकिङ करिअर सुरु गरेका वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट (सिए) श्रेष्ठ सन् २०१० मा एनबी बैंकमा डिजिएमको रुपमा प्रवेश गरेका थिए । उनले भारतको इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट (आइसिआई) बाट सिए कोर्ष पूरा गरेका हुन्।

श्रेष्ठले वित्तीय क्षेत्र सुधार कार्यक्रम अन्तर्गत नेपाल बैंकको विदेशी व्यवस्थापन टिमको सदस्यको रुपमा जिम्मेवारी निर्वाह गर्नुका साथै विश्व बैंक तथा एसियाली विकास बैंक (एडिबी) अन्तर्गत नेपाल र बंगलादेशमा वित्तीय सुधार कार्यक्रममा काम गरेका छन्।एजिएम देवकोटा पनि सिए हुन् । इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल (आइक्यान)बाट सिए कोर्ष पूरा गरेका उनी हाल सोही संस्थाको पार्षदसमेत छन् । देवकोटाले सन् २००५ बाट आफ्नो बैंकिङ करिअर सुरु गरेका हुन्।

प्रकाशित: ११ वैशाख २०७५ ००:३७ मंगलबार

एनबी बैंकमा श्रेष्ठ देवकोटा